BBC News, नेपाली - होमपेज
मुख्य समाचार
काठमाण्डू-केरुङ रेलमार्गको अध्ययनलाई अन्तिम रूप दिँदै चीन, रक्सौल जोड्ने योजनाबारे भारतलाई नेपालका चार सुझाव
रास्वपाले चुनावी वाचापत्रमा नेपालका सहरहरूलाई भारत र चीनसँगका रेलसञ्जालसँग जोड्ने बताएको छ। भारत र चीनले अध्ययन गरिरहेका रेल परियोजनामा कति प्रगति छ?
आयोगलाई तत्कालीन राजनीतिक पदाधिकारीका साथै न्यायाधीश र उच्चपदस्थ सैनिकको पनि सम्पत्ति छानबिन गर्ने अधिकार
राजपत्रमा प्रकाशित सूचनाअनुसार उजुरी परेको खण्डमा आयोगले बहालवाला सैनिक अधिकारीहरू र पदमा बहाल न्यायाधीश अनि ��ार्यक्षेत्रमा नपरेका अन्य अधिकारीका हकमा अनुसन्धानका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने छ।
१५-१५ दिनमा तलब दिँदा सरकारले देखेका फाइदा
पाक्षिक तलब वितरण गर्ने नयाँ अभ्यासले देशको समग्र अर्थतन्त्रमा ‘बहुआयामिक’ प्रभाव पार्ने महालेखा नियन्त्रक शोभाकान्त पौडेलले बीबीसीलाई बताएका छन्।
म्यान्मारमा आङ सान सू चीलाई 'घरमै नजरबन्दमा सारियो'
थुनामा रहेकी ८० वर्षकी नेत्री सूचीलाई घरमा नजरबन्दमा सारिएको म्यान्मारको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको हो।
निकै लाभदायक भएको दाबी गरिएका 'प्राचीन अन्नहरू'
के प्राचीन अन्नको फाइदाबारे भएका चर्चा सही हुन्? वैज्ञानिकहरूको भनाइमा यसको जबाफ त्यति सहज भने छैन।
अध्यादेशमा राष्ट्रपतिको 'अङ्कुश' जनादेशको बेवास्ता कि विधिको रक्षा?
भर्खरै सम्पन्न चुनावबाट झन्डै दुईतिहाइ बहुमत पाएको पार्टीको सरकारले सिफारिस गरेका अध्यादेश छानेर 'अध्ययन' गरिरहेका राष्ट्रपतिसँग के विकल्प छ?
चिनियाँ सहयोगमा दोस्रो पटक चक्रपथ विस्तार हुँदा पहिलाभन्दा के फरक हुन्छ
चिनियाँ सरकारले उपलब्ध गराउने अर्बौँ रुपैयाँको अनुदानबाट कलङ्कीदेखि वसुन्धारासम्मको ८.२ किलोमिटर सडकखण्ड विस्तार गर्न लागिएको अधिकारीहरूले बताएका छन्।
रोचक भिडिओ
अनि यो पनि
खाडी देशमा सामाजिक सञ्जालको पोस्टले जेल पुर्याउन वा देशनिकाला गराउन सक्ने
दुई महिनाअगाडि इरानविरुद्ध अमेरिका-इजरेल युद्ध सुरु भएयता खाडी देशहरूले राष्ट्रिय सुरक्षामा हानि पुग्ने ठानिएका सामाजिक सञ्जाल पोस्टका कारण पक्राउ तथा देशनिकालाजस्ता कारबाही गरेका छन्।
खुला प्रतिस्पर्धाबाट राजदूत छानिनु 'हानिकारक' र 'अव्यावहारिक'
नेपालमा हाल ५० प्रतिशत राजदूतहरू 'करिअर डिप्लोम्याट' अर्थात् परराष्ट्र मन्त्रालयका कर्मचारीबाट र बाँकी ५० प्रतिशत राजनीतिक भागभण्डाबाट नियुक्त हुँदै आएका छन्।
इरान युद्धका कारण किन फैलिए 'बादल चोरी'का मिथ्या दाबीहरू
इराकदेखि इरानसम्म अन्���ाइन माध्यममा 'मौसम युद्ध' भइरहेको आधारहीन दाबी फैलिएको देखिन्छ।
'अमेरिकाबिनाको नेटो'को विश्वसनीयतामा उठेको प्रश्न र सम्भावित उत्तर
के युरोपेली देशहरूसँग अमेरिकाबिना पनि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को सहारामा आफूहरूको रक्षा गर्न पर्याप्त राजनीतिक तथा सैन्य सामर्थ्य छ?
भिडिओ, उत्तराधिकारीका रूपमा चिनाउन पोसाक र शैलीमार्फत् सन्देश, समयावधि 1,19
उत्तर कोरियामा पाश्चात्य शैलीका विलासी सामग्रीहरू प्रतिबन्धित भए पनि किम जङ अनकी छोरी किन डिजाइनर कोट र सामान प्रयोग गर्छिन्?
थप समाचार
विज्ञान तथा प्रविधि
अपोलो र आर्टिमिस : पृथ्वी ५८ वर्षमा कसरी परिवर्तन भयो
सन् १९६८ मा र सन् २०२६ मा खिचिएका दुई विशेष तस्बिरले हाम्रो नीलो ग्रहमा विभिन्न परिवर्तन भइरहेका देखाएका छन्।
भिडिओ, आर्टिमिस अन्तरिक्षयात्रीकी पत्नीको सम्झनामा चन्द्रमाको एउटा खाडलको नाम, समयावधि 0,52
आर्टिमिस २ अभियानका क्रममा अन्तरिक्षयात्री जेरमी ह्यान्सनले नासाकी केल्सी यङलाई आफ्नो टोलीले चन्द्रमामा केही खाडलहरूको नामकरण गर्न चाहेको बताए।
ब्याङ्कमा पैसा राखे जसरी पछिका लागि निद्रा जोगाउन कति सम्भव
निद्रालाई भविष्यका लागि जोगाउने विषय विवादास्पद छ। सबै अनुसन्धानकर्ताहरू यसरी निद्रा "सञ्चिती" गर्ने र पछि त्यसलाई सुत्न नपाउने बेला प्रयोग गर्ने भन्ने कुरामा सहमत छैनन्।
सिन्धु घाटी : प्राचीन सभ्यता जसको बारेमा हामीलाई थोरैमात्रै थाहा छ
सिन्धु घाटी सभ्यता धेरै उन्नत थियो र करिब हजारौँ वर्षसम्म थियो - त्यसो भए यसबारे हामीलाई किन थाहा छैन?
भिडिओ, हाम्रो ब्रह्माण्डको अन्त्य कसरी होला, समयावधि 1,25
वैज्ञानिकहरूले ब्रह्माण्डको अन्त्य कसरी होला भनेर व्याख्या गर्न केही सिद्धान्त प्रतिपादन गरेका छन्।













































